birat ribon

प्रदेश १ मा काेराेना संक्रमितको संख्या नौं हजार नाघ्यो

Neuro
प्रदेश १ मा काेराेना संक्रमितको संख्या नौं हजार नाघ्यो

विराटनगर, २३ असोज । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ हजार ३४१ पुगेको छ । शुक्रबार थप ४८५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ९३४१ पुगेको हो । शुक्रबार थपिएकाे संख्या दैनिक संक्रमणमा अहिले सम्मकै उच्च हो ।

Padelux insider
cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४–४, खोटाङमा २, ते¥हथुम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १५२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५१ महिला र १०१ पुरुष छन् ।

मोरङको सुन्दहरैचामा ४ महिला १४ पुरुष, जहदामा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ७ पुरुष, कानेपोखरीमा २ महिला ७ पुरुष, ग्रामथानमा १ महिला ६ पुरुष, कटहरीमा ३ महिला ३ पुरुष, रतुवामाईमा १ महिला २ पुरुष, पथरीशनिश्चरे र उर्लाबारीमा २–२ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, लेटाङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २७ महिला ३३ पुरुष, इटहरीमा २४ महिला ३५ पुरुष, इनरुवामा २ महिला ४ पुरुष, हरिनगरमा ३ पुरुष, गढी, दुहवी र बर्जुमा २–२ पुरुष, बराहक्षेत्रमा १ महिला १ पुरुष, देवानगञ्जमा २ महिला, भोक्राहा नरसिंहमा १ पुरुष र स्थानीय तह नखुलेका ४ पुरुषमा संक्रमण देखिएको छ ।

झापाको भद्रपुरमा १ महिला १४ पुरुष, मेचीनगरमा ४ महिला ३ पुरुष, दमक र विर्तामोडमा ४–४ पुरुष, गौरीगञ्ज, कनकाई र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

इलामको इलाम नगरपालिकामा ७ पुरुष, सुर्योदय, चुलाचुली र स्थानीय तह नखुलेका १–१ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला ५ पुरुष, महालक्ष्मीमा १ पुरुषमा संक्रमण देखिएको छ ।

संखुवासभाको सभापोखरीमा २ पुरुष, खाँदबारीमा १ पुरुष, चैनपुरमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण देखिएको छ ।

उदयपुरको त्रियुगामा २ पुरुष, कटारीमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, भोजपुरको भोजपुर र आमचोकमा १–१ पुरुष, टेम्केमैयुङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, ताप्लेजुङमा १ महिला ३ पुरुष, खोटाङको दिक्तेलरुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १–१ पुरुष, तेह्रथुमको लालीगुराँसमा १ पुरुष, ओखलढुङ्गाको चिशंखुगढीमा १ पुरुष र प्रदेश १ बाहिरका ११ महिला २८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

११३ जना संक्रमण मुक्त


प्रदेश १ मा शुक्रबार ११३ जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुने सबै होम आईसोलेसनका थिए । हालसम्म ४ हजार ७७४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २ हजार ४४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४९ महिला ३३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

jackson ribon