birat ribon

अध्ययन भन्छ : कोरोना भाइरसले पुरुषमा बाँझोपन निम्त्याउन सक्छ

Neuro
अध्ययन भन्छ : कोरोना भाइरसले पुरुषमा बाँझोपन निम्त्याउन सक्छ

विराटनगर, २३ असोज । कोरोना भाइरसले पुरुषमा बाँझोपन निम्त्याउन सक्ने बताइएको छ ।

Padelux insider
cura insider

इजरायली अध्ययनले देखाएअनुसार कोभिडबाट संक्रमित भएर हल्का लक्षण देखिएकाहरूमा समेत बाँझोपन निम्त्याउनसक्ने डाक्टरले दाबी गरेका छन् ।

उर्वरता र बाँझोपना नामक जर्नलमा प्रकाशित अध्ययले कोभिड पत्ता लागेपछि संक्रमित पुरुषको शुक्राणु गणना ३० दिनपछि आधा भएको देखएको छ ।

शेबा मेडिकल सेन्टरका डा. डेन एडर्काले पनि शुक्राणु गति (आफ्नै हिसाबले हिँड्न सक्ने क्षमता)मा समेत बाधा पुगेको बताएका छन् ।

१२ संक्रमितको पोस्टमार्टम परीक्षणहरूले टेस्टुलर कोशिका जसले शुक्राणु विकास, विभाजन र गुणा बढाउने हर्मोनमा टेस्टोस्टेरोन उत्पादनमा मध्यमदेखि गम्भीर परिवर्तन देखायो ।

सामान्य शुक्राणु परिपक्वता ७० देखि ७५ दिन लाग्ने हुन्छ । यदि, निको भइसकेका संक्रमितहरूको साढे दुई महिनापछि शुक्राणु जाँच गर्दा अझ प्रजनन क्षमतामा ह्रास आएको देख्नसकिने डा. डेनको भनाइ छ ।

उनका अनुसार शुक्राणुको गुणस्तर र मात्रामा पर्ने असरहरू उल्टो हुने वा लगातार बढिरहने अझै अस्पष्ट छ ।

यसको लागि निको भइसकेको ६ महिना र एक वर्षपछि पनि जाँच गर्न आवश्यक छ ।

यो जुन अनुसन्धान टोलीले गर्न खोजिरहेको छ । उक्त अनुसन्धानले महिलाको तुलनामा पुरुषको उच्च संक्रमण र मृत्युदरलाई वर्णन गर्न सक्ने डा. डेनले बताए ।

धेरै अध्ययनहरूले भाइरसको संक्रमणले प्रजनन क्षमतामालाई असर गर्नसक्ने देखाएको थियो, तर यस प्रकारका दाबीलाई समर्थन गर्न कुनै ठोस प्रमाण भेटिएको भने छैन ।

jackson ribon