birat ribon

पद्मश्री पुरस्कार फिर्ता गर्ने विषयमा कंगनाको यस्तो जवाफ

Neuro
पद्मश्री पुरस्कार फिर्ता गर्ने विषयमा कंगनाको यस्तो जवाफ

विराटनगर, २३ असोज । बलिउड अभिनेत्री कंगना रनावतले अभिनेता सुशान्त सिंह राजपुतको निधनका बारेमा आफूले गरेको दावी गलत साबित भएमा आफ्नो पद्मश्री पुरस्कार फिर्ता गर्ने बताएकी थिइन् ।

Padelux insider
cura insider

कंगनाको यही अभिव्यक्तिका कारण हाल उनी ट्रोलमा तानिएका हुन् । केही दिन अगाडि सुशान्तको मृत्युको कारण आत्महत्या भएको पुष्टि गरी एम्सले अन्तिम रिपोर्ट सार्वजनिक गरेको थियो ।

सीबीआईले यसअघि नै सुशान्तको मृत्युको कारण आत्महत्या रहेको पुष्टि गरिसकेको छ ।

एम्सको यही रिपोर्ट सार्वजनिक भएसँगै अभिनेत्री स्वरा भास्करले ट्वीटरमा कोही व्यक्ति अब आफ्नो अवार्ड फिर्ता गर्छन् भनेर लेखेकी थिइन् ।

कंगनालाई अवार्ड फिर्ता गर्न भन्दै ट्रोल गरिएका साथै ट्वीटरमा ह्यासट्याग ‘कंगनाअवार्डवापसकरो’ भन्‍ने अभियान नै सुरु भएको छ ।

यस्तैमा कंगनाले आफूले उक्त पद्मश्री पुरस्कार फिर्ता गर्ने भनिएको अन्तर्वार्ताको भिडियो ट्वीटरमा सेयर गर्दै आफूले एउटा पनि झुटो वा गलत आरोप लगाएको भए सबै अवार्ड फिर्ता गर्ने बताएकी छन् ।

उनी थप्छिन्, ‘यो एक क्षत्रीयको वचन हो, म रामको भक्त हुँ, प्राण गएपनि वचन जाँदैन, जय श्री राम ।’

गत १४ जुनमा सुशान्तको आत्महत्यापछि कंगनाले सुशान्तको मृत्युको कारण बलिउड र नातावाद भएको आरोप लगाउँदै भिडियो सार्वजनिक गरेकी थिइन् ।

कंगनाका अनुसार बलिउडलले दिएको दवाव र केही फिल्मकर्मीले मिलेर उनलाई ‘बाइकट’ गरेको र सुशान्तको आत्महत्या नभएर नियोजित हत्या गरिएको थियो ।

https://twitter.com/KanganaTeam/status/1313837832406958083?s=20

jackson ribon