विराटनगर, २३ असोज । नेपालमा शुक्रबार थप १६ सय ८० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १६ सय ८० जना कोरोनामुक्त भएको जानकारी दिएको छ ।
यससँगै कोरोना जित्नेको संख्या ७३ हजार २३ पुगेको छ ।
शुक्रबार थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ६७६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।
संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । शुक्रबार थप १० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको मन्त्रालयले जनाएकाे छ ।