birat ribon

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

Neuro
नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

विराटनगर, २३ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक लाख नाघेको छ ।

Padelux insider
cura insider

शुक्रबार थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २७९ जनाको परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

शुक्रबार थप १६ सय ८० जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७३ हजार २३ पुगेको छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । शुक्रबार थप १० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको मन्त्रालयले जनाएकाे छ ।

jackson ribon