विराटनगर, २३ असोज । बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘लक्ष्मी बम’ को ट्रेलर सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक ट्रेलरमा अक्षयको चरित्रलाई एक महिलाको आत्माले नियन्त्रण गरेको देखाइएकाे छ ।
हरर कमेडीमा आधारित फिल्ममा ट्रान्सजेन्डर भूतको भूमिकामा रहेको अक्षयको साथमा अभिनेत्री कियरा आडवाणी, तुषार कपूर, शरद केलकर, अश्विनी कलसेकरलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
‘लक्ष्मी बम’ हरर कमेडी तमिल ब्लकबस्टर फिल्म मुनी २: कञ्चनाको रिमेक हो । हिन्दी भर्जनको फिल्मलाई राघव लरेन्सले निर्देशन गरेका हुन् ।
फिल्म हटस्टार डिस्नी प्लसबाट ९ नोभेम्बरमा रिलिज हुने भएको छ ।