Rumpum Advertisement

सुनसान रानी नाका : चोरबाटोमा चहलपहल, दैनिक सयौं नेपाली पुग्छन् जोगबनी

Neuro Revised Adv
Koshi Dashain ad
सुनसान रानी नाका : चोरबाटोमा चहलपहल, दैनिक सयौं नेपाली पुग्छन् जोगबनी

विराटनगर, २२ असोज । कोरोना महामारीका कारण सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको छ । तर भारतसँग जोडिएको विराटनगरको सीमावर्ती क्षेत्रबाट आउजाउ बाक्लो छ ।

मुख्य नाका जोगबनी र आईसीपबाट मानिसको आउजाउ नभए पनि छेउछाउको चोरबाटोबाट आवत-जावत बाक्लो भएको हो ।

आईसीपी र रानीको बीचमा रहेको इस्लामपुर क्षेत्रबाट चोरबाटो हुँदै दैनिक ३ हजार बढी नेपाली जोगबनी बजार पुग्ने गरेका छन् ।

नाका सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । तर प्रहरीकै सेटिङमा आवत-जावत बढ्दै गएको हो । चोर बाटोबाट हुने खुला आवत-जावतले विराटनगरमा संक्रमणको जोखिम झन् उच्च बनाएको छ ।

काम विषेशले जानेभन्दा पनि जोगबनीमा सामान किन्न जानेहरूको लर्को लाग्ने गरेको छ । ठूलो संख्यामा मानिसहरू नेपालबाट इस्लामपुर नाका हुँदै जोगबनी सामान किन्न जानेगरेको स्थानीय एबुल हुसेनले बताए ।

दैनिक चार हजारसम्म मानिसहरू नेपालबाट जोगबनीमा सामान किन्न जाने गरेको उनको भनाइ छ । महामारीको समयमा सीमा पारि सामान किन्न जान दिनु सरकारको कमजोरी भएको उनले बताए ।

तरकारीलागायत दैनिक उपभोग्य बस्तु खरिद गर्न जानेहरू बढ्दै गएको सिटी सफारी चालक राजेशले बताए । प्रहरी र जोगबनी जानेको सधैँ भागाभाग हुने गरेको उनले बताए । इस्लामपुर नाकामा जोगबनी जाने मानिसलाई खेदाउँदा खेदाउँदा प्रहरी पनि आजित भएको उनले बताए ।

कोभिड १९ को संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा विराटनगरको स्लामपुरमा भारत जाने र आउनेको घुइँचो लाग्ने गरेको छ । उक्त नाका हुँदै जोगबनी जानेमा महिला र बालबालिकाको संख्या बढी छ ।

मेला लाग्ने गरेको स्लामपुरमा प्रहरीले रकम लिएर मानिसलाई आउजाउ गर्न दिने गरेको स्थानीयको आरोप रहेको छ ।

दिनमा कडाई गर्ने प्रहरीले रातको समयमा भने रकम लिएर सामान ल्याउन दिने गरेको स्थानीय सलिम मियाँले बताए ।

एक व्यक्तिको सामान बराबर ५ सयदेखि दुई हजारसम्म लिने गरेको उनले बताए । नाका पूर्ण रूपमा बन्द नगराएर संक्रमण गाउँमा फैलाउन प्रसाशन लागिपरेको उनले गुनासो गरे ।

विराटनगरकै दरैया नाकाबाट पनि नेपाली सामान किन्न जोगबनी जाने गरेका छन् । दरैया नाकाको दशगजामा भएको पोखरीमा कम्मर कम्मरसम्म डुबेर नेपालीहरू सामान ओसार्न जोगबनी पुग्ने गरेका हुन् । पोखरी तर्नेबित्तिकै उनीहरू सिटी, अटोमा चढेर आफ्नो गन्तव्यतिर लाग्नेगरेका छन् ।

जोगवानि बजार पुर्‍याउन सक्रिय बालक

स्लामपुर नाकामा पहिलोपटक पुग्नेलाई जोगबनी बजारसम्म पुर्‍याउने र सामान ल्याउन सहयोग गर्न बालकको समूह नै सक्रिय छ । उक्त नाका पुग्ने नयाँ मानिसलाई उनीहरूले जोगबनी पर्‍याएवापत रकम लिने गरेका छन् ।

त्यहाँ पुग्ने नयाँ अनुहारलाई सहजै पहिचान गर्ने ती बालकले भारतीय प्रहरीले कुनै झमेला नगर्ने बताउनेगरेका छन् ।

प्रतिक्रिया

  1. Border ko koi syste se khol dena chahiye jyada aacha hoga… Jitne bhi log aate hai uska tempracher cheak kar ke hi unhe intry de… Mask hona aniwarya hai aisa niyam banaye.. Aisa karne se jyada aacha hoga.. Aise bhi log aa ja hi rahe hai isse to dono desh ko paresani hai.. Kam sabka chal hi raha hai lekin agar paresani birtnagar ko hai to utna hi khatra jogbani wale ko bhi hai..

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ