birat ribon

लालु यादवलाई अदालतले दियो जमानत, बिहारको चुनावी राजनीति तरंगित

Neuro
लालु यादवलाई अदालतले दियो जमानत, बिहारको चुनावी राजनीति तरंगित

राँची, २३ असोज । बिहारका पूर्वमुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालुप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ ।

Padelux insider
cura insider

चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत दिएको हो । बिहार विधानसभाको चुनावअघि यादवलाई एउटा मुद्दामा जमानत दिएसँगै बिहारको चुनावी राजनीति तरंगित बनेको छ ।

तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनुपर्नेछ । लालु यादव सन् २०१७ को डिसेम्बरदेखि जेलमा छन् ।

भारतीय फौजदारी संहिताबमोजिम सात वर्ष र चारा घोटालासम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका छन् ।

लालु यादव बिहारको मुख्यमन्त्री भएका बेलासन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानूनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको उनीमाथि आरोप छ । रासस

jackson ribon