birat ribon

मेस्सीको पीडा महशूस गरेको छु : स्वारेज

Neuro
मेस्सीको पीडा महशूस गरेको छु : स्वारेज

विराटनगर, २३ असोज । उरुग्वेका स्ट्राकर लुइस स्वारेजले बार्सिलोना छोड्नुपर्दा आफू निराश भएको बताएका छन् । हालै एक अन्तर्वार्ताका क्रममा स्वारेजले नयाँ क्लब जान बाध्य बनाइएको बताउँदै आफूलाई राम्रो व्यवहार नगरिएको आरोप लगाएका छन् ।

Padelux insider
cura insider

स्वारेज हालै मात्र ६ वर्षे क्याप नोउ बसाइ अन्त्य गर्दै एथ्लेटिको मड्रिड गएका थिए । बार्सिलोनाका कप्तान लियोनल मेस्सी पनि स्वारेजको बहिर्गमदेखि खुशी देखिएका थिएनन् । उनले सामाजिक सञ्जालमा स्वारेजमाथि खराब व्यवहार देखाइएको जनाएका थिए ।

यता, स्वारेज पनि बार्सिलोनाले आफूलाई नयाँ क्लब खोज्न बाध्य बनाएको बताउँदै निराश भए । यसैगरी स्वारेजले पूर्वसहकर्मी मेस्सीको पीडा पनि आफूले महशूस गरेको बताए ।

‘मेस्सीका बारेमा म अचम्ममा परेको छैन । म उनलाई राम्रोसँग चिन्छु, मैले उनको पीडा महशूस गरेको छु’, बिहीबार राति चिलीविरुद्धको खेल २–१ गोलले जितेपछि पत्रकारसँग बोल्दै स्वारेजले भने ।

‘बार्सिलोनाले मलाई क्लबबाट निकालेको भन्ने मेस्सीले सोचेका छन् । मैले छ वर्ष त्यहाँ बिताएँ र उनीसँग राम्रो सम्बन्ध पनि रह्यो । मैले उनलाई एउटा साथीको रूपमा हेरेको छु र उनलाई थाहा छ कि हामी कस्तो खराब अवस्थाबाट गुज्रिएका छौं’, उनले भने ।

यसैगरी उनले आफू बार्सिलोनामा खुशी हुन नसकेपछि एथ्लेटिको आएको सुनाए । ‘मलाई नयाँ क्लबका लागि दबाब दिइयो । जब मलाई एथ्लेटिकोले नजर लगाएको थियो, तब मैले एक पलमै स्वीकारेँ । पक्कै पनि सुरुमै सबै कुरा पाउन मुस्किल छ तर एथ्लेटिकोमा खुशी महशूस गरिरहेको छु’, उनले भने ।

jackson ribon