birat ribon

नेहाले गरिन् रोहनप्रीत सिंहसँगको प्रेम स्वीकार

Neuro
नेहाले गरिन् रोहनप्रीत सिंहसँगको प्रेम स्वीकार

विराटनगर, २३ असोज । इन्डियन आइडल १२ कि जज र चर्चित गायिका नेहा कक्करले रोहनप्रीत सिंहसँगको प्रेम स्वीकार गरेकी छन् ।

Padelux insider
cura insider

केही दिनयतादेखि भारतीय मिडियाहरूमा नेहाले रोहनसँग यही २४ अक्टोबरमा विवाह गर्न लागेको चर्चा चलिरहेको थियो ।

अन्ततः नेहाले इन्स्टाग्राममार्फत रोहनप्रीतसँगको आफ्नो प्रेमको घोषणा गरेकी छन् ।

शुक्रबार बिहान नेहाले रोहनप्रीतसँगको प्रेमिल तस्बिर शेयर गर्दै तिमी मेरो हौ भन्ने क्याप्सन राखेकी छन् । साथै, रोहनलाई ट्याग गर्दै तल नेहुप्रितसमेत लेखेकी छन् ।

केही दिनअघि यी दुईको रोका समारोहका तस्बिरहरू पनि सोशल मिडियामा भाइरल भएका थिए ।

तस्बिरमा नेहा र रोहनका साथ उनीहरूको अभिभावक पनि देखिएका थिए । रोका एक महिनाअघि भएको बताइएको छ ।

रोहनप्रीत र नेहा एक-अर्काको इन्स्टाग्राम पोष्टहरूमा कमेन्ट गरिरहेका हुन्छन् ।

थुप्रै पटक टेलिभिजन रियालिटी शोहरूमा सहभागी भएका रोहन सन् २०१८ मा आयोजित ‘राइजिङ स्टार–२’ का रनरअप विजेता हुन् ।

रोहन ‘मुझ्से शादी करोगे’ नामक शोका प्रतिस्पर्धीसमेत रहेका थिए । दुवैले सँगै एक म्युजिक भिडियोमा समेत काम गरेका छन् ।

नेहाका पूर्व प्रेमी हिमान्स कोह्लीले नेहाले वास्तवमै बिहे गरे उनको लागि खुशी हुने प्रतिक्रिया दिएका छन् । इन्डियन आइडलको होस्ट आदित्यसँग पनि नेहाको विवाहको चर्चा भएको थियो ।

jackson ribon