birat ribon

मन्त्री भट्टराई र भारतका राजदूतबीच भेट, हवाई क्षेत्रका सम्बन्धमा कुराकानी

Neuro
मन्त्री भट्टराई र भारतका राजदूतबीच भेट, हवाई क्षेत्रका सम्बन्धमा कुराकानी

विराटनगर, २३ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् ।

Padelux insider
cura insider

शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको थियो ।

हवाई क्षेत्रका सम्बन्धमा उनीहरूबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पु¥याउनेबारे कुरा भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बन्द रहेको काठमाडौँ र भारतका विभिन्न शहरबीचको उडान चाँडै गर्नेबारेमा पनि उनीहरूबीच कुराकानी भएको थियो । यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको थियो ।

jackson ribon