birat ribon

नेपाल र चीनबीच सीमा समस्या छैन : मन्त्री ज्ञवाली

Neuro
नेपाल र चीनबीच सीमा समस्या छैन : मन्त्री ज्ञवाली

रसुवा, २३ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा समस्या नभएको बताएका छन् । रसुवाका दुई विद्युतगृहको शुक्रबार स्थलगत निरीक्षण गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

Padelux insider
cura insider

भारतसँग जोडिएका सीमामा केही समस्या रहेतापनि चीनसँगको नाकामा समस्या नरहेको उनको भनाइ छ ।

रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विद्युतगृहको अवलोकन गरेका हन् ।

विसं २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशूली १ विद्युतगृहको अवलोकन गर्दै उत्पादनका बारेमा नेपाल सरकारका प्रवक्ताले जानकारी लिनुभएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

उनले यसैगरी गल्छी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत पर्ने स्याफ्रुबेँसी, मैलुङ र वेत्रावती खण्डमा पर्ने मार्गको समेत स्थलगत निरीक्षण गरेका थिए ।

दुई दिनको रसुवा भ्रमणपछि मन्त्री ज्ञवाली राजधानी प्रस्थान गरेको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

jackson ribon