birat ribon

अर्को नोभेम्बरदेखि मात्र जापानले १२ देशबाट आउन दिने

Neuro
अर्को नोभेम्बरदेखि मात्र जापानले १२ देशबाट आउन दिने

टोकियो, २३ असोज । जापानले अर्को नोभेम्बरदेखि १२ देशबाट आफ्नो देश आउन चाहनेहरूलाई यात्रा अनुमति दिने तयारी गरेको छ ।

Padelux insider
cura insider

कोरोना महामारीका कारण बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर जापान सरकारले १२ देशहरूबाट आउन दिने योजना बनाएको हो ।

जापानले इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्यूजिल्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत १२ देशलाई अनुमति खुला गर्न लागेको हो ।

सरकारले अत्यावश्यक काम परेका र आउनै पर्ने अवस्थामा रहेकाहरूलाई मात्रै यात्रा अनुमति दिन लागेको हो ।

जापानले अहिले विश्वका १५९ देश तथा क्षेत्रहरूबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

जापानले आउनुअघि यात्रुहरूले कोरोना परीक्षण गराई नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनु पर्नेछ भने जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेशनमा बस्नुपर्ने जनाएको छ ।

jackson ribon