birat ribon

आज विश्व हुलाक दिवस

Neuro
आज विश्व हुलाक दिवस

काठमाडाैं, २३ असाेज । आज अक्टोबर ९ तारिख अर्थात विश्व हुलाक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी १ सय ४६औं विश्व हुलाक दिवस मनाइँदै छ ।

Padelux insider
cura insider

यसवर्ष ‘मोर देन मेल’ मुख्य नारासहित विश्वभर हुलाक दिवस मनाइँदै छ ।

काठमाडौंको चारखालस्थित गोश्वरा हुलाक कार्यालयमा पनि कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले प्रविधिको चुनौति र अवसरसँगसँगै हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवस्यकता रहेको बताइन् ।

उनले पछिल्लो समयको सेवा प्रवाहलाई समयसापेक्ष बनाउन संगठनको संरचनात्मक सुधार, कर्मचारीमा उत्प्रेरणा र स्रोतसाधनको उपयोग अधिकतम बनाउनुपर्नेमा जोड दिइन् ।

हुलाक सेवालाई समय सापेक्ष र प्रतिस्पर्धी बनाउन सबै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुपर्ने समेत श्रेष्ठले बताइन् ।

संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन हरेक वर्ष अक्टोबर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

आर्थिक, सामाजिक विकासमा सहयोग पुर्‍याउने र भाइचारा विकास गर्ने उद्देश्यले सन १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो ।

नेपालले भने १९५६ मा उक्त संघको सदस्यता लिएको थियो । सदस्यात लिएसँगै हरेकवर्ष नेपालमा पनि विश्व हुलाक दिवस मनाइँदै आएको छ । 
 

jackson ribon