Rumpum Advertisement

विराटनगरमा २० वर्षीय संक्रमित युवकको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा २० वर्षीय संक्रमित युवकको मृत्यु

विराटनगर, २३ असोज । कोरोना संक्रमणका कारण कोशी अस्पताल विराटनगरमा २० वर्षीय युवकको मृत्यु भएको छ ।

जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २० वर्षीय महरा थरका युवकको मृत्यु भएको हो ।

लागूऔषध मुद्दामा पूर्पक्षका लागि ती युवक २१ माघ २०७६ देखि जिल्ला कारागारमा थिए । उनलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो ।

कोशी अस्पताल विराटनगरका आइसोलेशन प्रमुख डाक्टर लक्ष्मीनारायण यादवका अनुसार बिहीबार बिहान भर्ना भएका युवकको शुक्रबार बिहान १०ः१५ मा मृत्यु भएको हो ।

जिल्ला कारागार मोरङका जेलर सुवास लामिछानेका अनुसार युवकलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पठाइएको थियो ।

उपचारका क्रममा मृत्यु भएको उनले बताए । १५ असोजमा कारागारमै रहेका २७ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ