birat ribon

बाइडनसँगको बहसमा ट्रम्प सहभागी नहुने

Neuro
बाइडनसँगको बहसमा ट्रम्प सहभागी नहुने

विराटनगर, २३ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडनसँगको भर्चुअल बहसमा सहभागी नहुने बताएका छन् ।

Padelux insider
cura insider

सबैको ‘स्वास्थ्य र सुरक्षाको निम्ति’ १५ अक्टोबरमा हुने बहस इन्टरनेटको माध्यमबाट गरिने बताइएपछि ट्रम्पले आफू त्यसमा सहभागी नहुने बताएका हुन् ।

ट्रम्पका अनुसार कम्प्युटरको पछाडि बसेर गरिने भर्चुअल बहस हास्यास्पद हो । २९ सेप्टेम्बरमा बाइडनसँग भएको पहिलो बहसमा ट्रम्पको चर्को आलोचना भएपछि उनले बहसमा सहभागी नहुने निर्णय लिएको हुनसक्ने बताइएको छ ।  

ट्रम्पले सहभागिता नजनाउने बताएपछि आउँदो साता र त्यसपछि हुने तेस्रो राष्ट्रपतीय बहससमेत अन्योलमा परेको देखिएको छ । तेस्रो बहस २२ अक्टोबरमा हुने भनिएको थियो ।

अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपतिय निर्वाचनमा रिपब्लीकनको तर्फबाट वर्तमान राष्ट्रपति ट्रम्प र डेमोक्राटको तर्फबाट पूर्व राष्ट्रपति बाइडन एकअर्कासँग प्रतिस्पर्धा गर्न लागेका छन् ।

त्यसैगरी, उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिस्पर्धा हुन लागेको हो ।

jackson ribon