birat ribon

मेस्सी र स्वारेजले गरे रोनाल्डोको कीर्तिमानसँग बराबरी

Neuro
मेस्सी र स्वारेजले गरे रोनाल्डोको कीर्तिमानसँग बराबरी

विराटनगर, २३ असोज । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र उरुग्वेका स्टार लुइस स्वारेजले ब्राजिलियन लिजेन्ड रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका छन् ।

Padelux insider
cura insider

फिफा विश्वकप छनौटअन्तर्गत पेनाल्टीमा गोल गरेका मेस्सी र स्वारेजले रोनाल्डोको रेकर्डसँग बराबरी गरेका हुन् ।

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौटअन्तर्गत शुक्रबार बिहान अर्जेन्टिनाले इक्वाडरमाथि १–० गोलको जित निकालेको हो ।

अर्जेन्टिनास्थित ला बम्बोनेरामा भएको खेलमा कप्तान मेस्सीले अर्जेन्टिनालाई जिताउनज निर्णायक गोल गरे ।

खेलको १३औं मिनेटमा मेस्सीले पेनाल्टीमा गरेको सो गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बनेको थियो ।

यता, छनौटअन्तर्गत आज बिहान नै भएको अर्को खेलमा उरुग्वेले चिलीमाथि २–१ गोलको जित निकालेको थियो ।

उरुग्वेस्थित सेन्टनारियोमा भएको खेलमा उरुग्वेलाई जिताउन लुइस स्वारेज र माक्सिमिलियानो गोमेज गोन्जालेजले समान एक–एक गोल गरे । स्वारेजले खेलको ३९औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

यस गोलसँगै मेस्सी र स्वारेजले रोनाल्डोको ‘दक्षिण अमेरिकन राष्ट्रका लागि प्रतियोगात्मक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको रेडर्क’सँग बराबर गरेका हुन् । उनीहरूले तीनै जनाले दक्षिण अमेरिकन राष्ट्रका लागि प्रतियोगात्मक खेलमा ३९ गोल गरेका छन् ।

समग्रमा अर्जेन्टिनी कप्तान मेस्सीले रोनाल्डो र स्वारेजभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनको नाममा ७१ गोल रहेको छ ।

स्वारेजले उरुग्वेका लागि ६० गोल गरेका छन् भने ब्राजिलका दोस्रो सर्वाधिक धेरै गोल गर्ने खेलाडी रोनाल्डोले ६२ गोल गरेका छन् ।

https://twitter.com/OptaJavier/status/1314401091027701760?s=20

jackson ribon