विराटनगर, २३ असोज । विश्वकप छनौट खेलमा अर्जेन्टिनाले जित निकालेको छ । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार अर्जेन्टिनाले इक्वाडरमाथि १–० गोलको जित निकालेको हो ।
अर्जेन्टिनास्थित ला बम्बोनेरामा भएको खेलमा अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे ।
खेलको १३औं मिनेटमा मेस्सीले पेनाल्टीमा गरेको सो गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।
यससँगै अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत विजयी सुरुवात गरेको छ । अर्जेन्टिनाले जित निकाल्दै तीन अंक जोडेको छ ।
अब अर्जेन्टिनाले सोमबार बोलिभियासँग खेल्दैछ ।