birat ribon

रंगेली र धरानका कोरोना संक्रमितको विराटनगरमा मृत्यु

Neuro
रंगेली र धरानका कोरोना संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर, २३ असोज । मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना भाइरस संक्रमित दुई जना पुरुषको विराटनगरमा मृत्यु भएको छ ।

Padelux insider
cura insider

मृतकमध्ये एक जना वृद्ध पुरुष हुन् । दुवै जनाको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति ९ः३० बजेतिर मृत्यु भएको हो । बुधबार बिहान अस्पताल ल्याइएका वृद्धको आइसोलेसनमा उपचार भइरहेको थियो । श्वासप्रश्वासमा समस्या भएकोभन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आईसीयूमा भर्ना गरेर उपचार थाल्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको दाहालले बताए ।

नोबेलकै प्रयोगशालाबाट बुधबार राति रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको उनको भनाइ छ । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको जानकारी चिकित्सकलाई उद्रित गर्दै उनले दिए ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान ७ बजेतिर मृत्यु भएको जानकारी प्रबन्धक दाहालले दिए । उनका अनुसार श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या रहेका पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो ।

त्यही दिन राति कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई १८ गते बिहान आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

पछिल्लो समय श्वासप्रश्वास र फोक्सोमा समस्या देखिए पनि पुरुषमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको चिकित्सकलाई उद्रित गर्दै दाहालले बताए । मृतक दुवै जनाको शवको व्यवस्थापन नियम अनुसार हुने उनको भनाइ छ ।

jackson ribon