birat ribon

वेल्समाथि इंग्ल्याण्डको सहज जित, काल्भर्टको डेब्यू गोल

Neuro
वेल्समाथि इंग्ल्याण्डको सहज जित, काल्भर्टको डेब्यू गोल

विराटनगर, २३ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत इंग्ल्याण्डले वेल्समाथि सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्याडले वेल्सलाई ३–० गोलले हराएको हो ।

cura insider

इंग्ल्याण्डको मैदानमा घरेलु टोलीलाई जिताउन ठोमिािक काल्भर्ट–लेविन, कनर कोडी र डेनी इन्ग्सले समान एक–एक गोल गरे ।

इंग्ल्याण्डले खेलको २६औं मिनेटमा काल्भर्ट–लेविनको गोलमा सुरुआती अग्रता बनाएको थियो । उनले इंग्ल्याण्डबाट डेब्यू गोल गरेका हुन् ।

५३औं मिनेटमा कोडीले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर बनाए । खेलको ६३औं मिनेटमा इन्ग्सले गोल गरेपछि इंग्ल्याण्डले वेल्समाथि ३–० गोलको सहज जित निकालेको हो ।

यी दुईले यूईएफए नेशन्स लिगको तयारीका रूपमा मैत्रीपूर्ण खेल खेलेका हुन् ।

यस्तै गए राति नै भएको अर्को खेलमा स्वीडेनले रसियालाई २–१ गोलले हराउँदा बेल्जियम र आइभोरी कोस्टले १–१ गोलको बराबरी खेलेका थिए ।

jackson ribon