Rumpum Advertisement

नेपालका ७ हजार ५ सय सार्वजनिक स्थलमा फेसबुकको फ्रि–वाइफाइ सेवा

Neuro Revised Adv
Koshi Dashain ad
नेपालका ७ हजार ५ सय सार्वजनिक स्थलमा फेसबुकको फ्रि–वाइफाइ सेवा

विराटनगर, २२ असोज । फेसबुकले नेपालमा नेपालका ७ हजार ५ सय सार्वजनिक स्थलमा फेसबुकको फ्रि–वाइफाइ थालेको छ । वर्ल्डलिंकसँगको सहकार्यमा फेसबुकले नेपालका ७ हजार ५ सय स्थानमा फ्रि–एक्सप्रेस वाइफाइ थालेको घोषणा गरेको हो ।

इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले बिहीबार भएको पत्रकार सम्मेलनमा नेपालका सार्वजनिक स्थानमा यस्ता सेवा उपलब्ध हुने जनाएको छ । एसियामा छनोट भएका भारत र नेपालमा फेसबुकले यसप्रकारको सेवा थालेको छ ।

यो सेवाका लागि वर्ल्डलिंकलाई फेसबुकले पूर्वाधारसहित आवश्यक उपकरण उपलब्ध गराउने बताइएको छ । निःशुल्क वाइफाईका लागि एक्सेस प्वाइन्ट, नेटवर्क र ब्यान्डविथ कम्पनीको भएपनि फेसबुकले सफ्टवेयर प्लेटर्फम उपलब्ध गराउनेछ ।