birat ribon

कोरोना संक्रमितकाे संख्या ९८ हजार ६१७ पुग्यो

Neuro
कोरोना संक्रमितकाे संख्या ९८ हजार ६१७ पुग्यो

विराटनगर, २२ असोज । नेपालमा बिहीबार थप ४३ सय ६४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ४७३ जनाको परीक्षणमा थप ४३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ७३ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६ सय ७५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

बिहीबार थप १२ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५९० पुगेकाे छ ।

jackson ribon