birat ribon

उदयपुरमा कन्टेनर दुर्घटना हुँदा दुईको मृत्यु

Neuro
उदयपुरमा कन्टेनर दुर्घटना हुँदा दुईको मृत्यु

विराटनगर, २२ असोज । उदयपुरको सिद्धिचरण लोकमार्गको कटारी–वेतेनी सडकखण्डमा बुधबार बेलुका भएको कन्टेनर दुर्घटनामा परेर दुई घटनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुई जना गम्भीर घाइते भएका छन् । ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना ५ ख नम्बरको खाली कन्टेनर कटारी नगरपालिका–८ सिरिसेस्थित सानादमारमा दुर्घटनामा परेको हो । दुर्घटनामा कटारी नगरपालिका–८ का मीनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

cura insider

दुर्घटनामा परेर चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र वराहाक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका उनीहरुलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ ।

प्रहरीका अनुसार गाडी सडकबाट सात मिटर तल खसेको थियो । साघुँरो सडक र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने बताउँदै प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

jackson ribon