birat ribon

आज केही स्थानमा वर्षाको सम्भावना

Neuro
आज केही स्थानमा वर्षाको सम्भावना

विराटनगर, २२ असोज । मुलुकका केही स्थानमा आज (बिहीबार) वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मौसम आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानी पर्न सक्ने अनुमान गरेको हो । मौसम हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

cura insider

बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेका कारण पानी पर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

jackson ribon