birat ribon

अब टिकटका लागि बसपार्कमा घण्टौँ लाइन बस्न नपर्ने

Neuro
अब टिकटका लागि बसपार्कमा घण्टौँ लाइन बस्न नपर्ने

विराटनगर, २२ असोज । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कलाई अनलाइन प्रणालीमा लगिने भएको छ ।

cura insider

मान्छेको भीड सबै हिसाबले असुरक्षित हुने भएकाले नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिने भएको हो । नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा दैनिक पाँच सय बस नयाँ बाहिरिन्छन् तर बन्दाबन्दीमा यो क्रम रोकियो । बन्दाबन्दी खुले पनि बसपार्कहरूमा पहिलाकै चहलपल अझै फर्किएको छैन ।

बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुद्देश्यीय प्रालिले दशैँपछि नयाँ बसपार्कबाट छुट्ने बसहरूको सबै टिकट अनलाइन प्रणालीमा लैजाँदै छ । आफ्नो गन्तव्य र रुट अनुसारका बसहरू अनलाइनमा हुनेछन् । अनलाइनबाटै सिट रोजेर टिकट बुकिङ गर्न सकिने छ । यात्रुले अनलाइनबाटै बस भाडा तिर्नेछन् । अब टिकटका लागि बसपार्कमा घण्टौँ लाइन बस्नु पर्दैन ।

ल्होत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर यो प्रणालीले कोरोना फैलनबाट पनि रोक्न सकिने बताउँछन् । बन्दाबन्दीपछि नयाँ बसपार्कमा डिजिटल प्रणालीबाट टिकट लिने व्यवस्था गरिएको छ । हाल नयाँ बसपार्कबाट दैनिक दुई सयदेखि २५० वटा बस मात्र बाहिरिन्छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon