birat ribon

जब फिरौती बैंकमा जम्मा भयो

Neuro
जब फिरौती बैंकमा जम्मा भयो

विराटनगर, २२ असोज । दाङ पहरुवाकी अनिता रैदासले गत असार १४ गते हिमालयन बैंकको घोराही शाखामा १२ लाख रुपैयाँ जम्मा गरिन्। उनले नै त्यसको पर्सिपल्ट असार १६ गते हिमालयन बैंककै तुलसीपुर शाखामा चार लाख रकम जम्मा गरिन्।

बैंकका कर्मचारीले उक्त रकमको स्रोत खोजी गर्दा अनिताले पति मध्म रैदास मलेसियामा अपहरणमा परेकाले फिरौती पठाउन लागेको खुलाइन्।उनले त्यत्रो धेरै रकम मोरङको साबिक सुन्दरपुर गाविस–५ घर भएका ४४ वर्षीय दुर्गाबहादुर श्रेष्ठ (डेभिड) को खातामा जम्मा गरिदिएकी थिइन्।

cura insider

रैदास अपहरणका आरोपित श्रेष्ठलाई नौ दिन पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको ब्युरोका डीआईजी सहकुल थापाले बताए । उनका अनुसार पीडित रैदास केही दिनभित्रै मलेसियाबाट आइपुग्ने र त्यसपछि थप अनुसन्धान सुरु हुने छ ।

अभियुक्त श्रेष्ठ मलेसियास्थित टप ग्लोभ कम्पनीस्थित नेला कर्नर क्यान्टिन सञ्‍चालक रहेछन्। श्रेष्ठकै योजनामा उनकी पत्नी धनमाया श्रेष्ठ र चालक श्याम नेपालीले रैदासलाई ६ दिन बन्धक बनाएको अनुसन्धानका क्रममा खुलेको छ। रकम जम्मा भएपछि छाडिएका रैदास पनि सोही कम्पनीमा कार्यरत छन्।

श्रेष्ठले मलेसियामा रहेका सोझा नेपाली कामदारलाई धम्क्याएर रकम असुल तथा कुटपिट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी २२ वर्षदेखि मलेसियामा बस्दै आएको पाइएको छ। ६ वर्षदेखि मलेसियामा कार्यरत रैदासलाई कम्पनीको पैसा चोरेको अभियोग लगाएर चालकको कोठामा थुनेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ब्युरोकै आग्रहमा अनिताले लकडाउन खुकुलो भएसँगै साउन अन्तिममा अपहरण र शरीर बन्धकमा श्रेष्ठविरुद्ध जाहेरी दिइन्। आजको अन्नपूर्ण पोस्टमा समाचार छ

jackson ribon