birat ribon

टर्कीसँग बराबरीमा रोकियो जर्मनी

Neuro
टर्कीसँग बराबरीमा रोकियो जर्मनी

विराटनगर, २२ असोज । जर्मनी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा टर्कीसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा जर्मनी टर्कीसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।

जर्मनीको मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा जुलियन ड्राक्जलरले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।

cura insider

४९औं मिनेटमा टर्कीका ओजान तुफानले गोल गरेपछि खेल बराबरीको अवस्थामा आयो । ५८औं मिनेटमा फ्लोरियन नेहसले गोल गर्दै पुनः जर्मनीलाई अग्रता दिलाए ।

६७औं मिनेटमा इफेसन कारासाले गोल गर्दै टर्कीलाई बराबरीमा फर्काए । ८१औं मिनेटमा लुका वाल्डसमिटले गोल गर्दै जर्मनीलाई ३–२ गोलको अग्रता दिलाए ।

तर, खेलको इन्ज्युरी समयमा केनन कारामनले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।

jackson ribon