birat ribon

उपचार नगर्ने अस्पताललाई कार्बाही माग

Neuro
उपचार नगर्ने अस्पताललाई कार्बाही माग

विराटनगर, २२ असोज । विराटनगरका अस्पतालहरुले उपचारमा हेलचेक्र्याई र विभेदकारी व्यावहार गर्ने गरेको भन्दै सबैका लागि उपचार माग्दै अधिकारकर्मीहरुले दवाब अभियान थालेका छन् ।

cura insider

कोभिड– १९ संक्रमणको समयमा विराटनगरका निजी अस्पतालहरुले बिरामीहरुलाई भर्ना नलिएर उपचारबाट बञ्चित गराएको र लिएकाहरुलाई पनि संक्रमित भन्दै निकाल्ने गरेकोले अधिकारकर्मीहरुले सरकारको ध्यान आकर्षण गराउन दबाब अभियान थालेका हुन् । अस्पतालको गैरजिम्मेवार व्यवहारको विरोधमा मंगलबार साँझ अधिकारकर्मीहरुले विराटनगरको जनआन्दोलन चौकमा आधा घण्टा प्रदर्शन गरेका थिए । सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएर सिडिओमार्फत संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

अस्पतालको विभेद र हेलचेक्रयाँइबाट उपचारबाट बञ्चित गरिएका हालसम्मका सबै घटनाहरुको छानविन हुनुपर्ने, कोभिड संक्रमणको बेला अस्पतालकै कारण उपचार नभएर मृत्यु भएका विरामीको परिवारलाई क्षतिपुर्ति दिनुपर्ने, उपचार नभएका बिरामी र परिवारलाई शोध भर्ना गर्नुपर्ने र उनीहरुको लापर्वाहीका कारण विरामी र परिवारमा पर्न गएको शारीरिक र मानसिक समस्याको निःशुल्क उपचार गर्नुपर्ने माग अधिकारकर्मीहरुको छ । आजको हाम्रोमत दैनिकमा समाचार छ

jackson ribon