birat ribon

आईपीएल : कोलकत्ताद्वारा चेन्नई पराजित

Neuro
आईपीएल : कोलकत्ताद्वारा चेन्नई पराजित

विराटनगर, २२ असोज । यूएईमा जारी तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्सले साविकको उपविजेता चेन्नई सुपर किंग्सलाई हराएको छ । बुधबार राति भएको खेलमा कोलकत्ताले चेन्नईमाथि १० रनको जित निकालेको हो ।

शेख जायद रंगशालामा कोलकत्ताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभर खेल्दा ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो ।

cura insider

चेन्नईका शाने वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । यसैगरी अम्बाती रायडुले ३० रन जोड्दा रवीन्द्र जडेजाले अजिवित २१ रन बनाए । साम कुरान र फाफ डू प्लेसिसले समान १७ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए ।

चेन्नइका शिवम माभी, वरुण चक्रवर्ती, कमलेश नगरकोटी, सुनिल नारिने र आन्द्रे रुसेलले समान १–१ विकेट झारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।

कोलकत्ताका लागि राहुल त्रिपाठीले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र ३ छक्काको मद्धतमा ८१ रन बनाए ।

यस्तै प्याट कुमिन्सले अजिवित १७ रन बनाउँदा सुनिल नारिने पनि १७ रनमै आउट भए । दिनेश कार्तिकले १२ रन बनाउँदा शुभ्नम गिलले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कोलकत्ताका लागि ड्वाने ब्राभोले तीन विकेट लिँदा साम कुरान, शार्दूल ठाकुर र कर्ण शर्माले समान २ विकेट लिए ।

यससँगै कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ ।

चेन्नईले भने ६ खेलमा ४ अंक जोडेको छ । ऊ अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।

jackson ribon