birat ribon

माथिल्लो तामाकोसीमा एक वर्षमै तीनपटकसम्म म्याद थप

Neuro
माथिल्लो तामाकोसीमा एक वर्षमै तीनपटकसम्म म्याद थप

विराटनगर, २२ असोज । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ ।

एक वर्षमै तीन पटकसम्म म्याद थपिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाबाट कात्तिकमा विद्युत् उत्पादन गर्ने दाबी गरेको भए पनि अहिले आएर फेरि विद्युत् उत्पादन गर्ने समय अनिश्चित भएको हो । हाइड्रोमेकानिकलको जिम्मा पाएको भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङ कम्पनीले कलकताबाट सामान ल्याउन ढिलाई गर्दा आयोजना समयमा सम्पन्न हुन नसक्ने भएको छ ।

cura insider

दुईवटा भर्टिकल लाइनमा जोइन हुने एक्सपान्सन जोइन, डिस्पोजेबल बक्स, पल्गिङ गेट आउन बाँकी रहेको कारण अप्ठेरो परिरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । कोरोना भाइरसको प्रभावका कारण उताबाट सामान आउन सकेको छैन ।

अहिले माथिल्लो सुरुङमा पेनस्टक पाइप जडान एन्ड्रिज र तल्लो सुरुङमा टेक्सम्याकोले काम गरिरहेको छ । ठेकेदारको ढिलासुस्ती र निर्माण सामाग्री अभावका कारण आयोजना सम्पन्न हुने मिति पटकपटक संशोधन हुँदै आएको छ ।

बहुप्रतीक्षित राष्ट्रिय गौरवको हालसम्मकै पहिलो ठूलो नेपाली लगानीको परियोजना निर्धारित समयमा सम्पन्न गर्न सबैभन्दा पहिले लगानी जुटाउने कार्य नै बाधक बनेको थियो । मंसिर २०६७ मा निर्माणको लाइसेन्स पाए हालसम्म भूकम्प, नाकाबन्दीलगायतका समस्या भोगेको आयोजनामा अहिले फेरि कोरोना भाइरसको प्रभाव परेको छ । आजको राजधानी दैनिकमा समाचार छ

jackson ribon