birat ribon

स्वीट्जरल्याण्डमाथि क्रोएशियाको साँघुरो जित

Neuro
स्वीट्जरल्याण्डमाथि क्रोएशियाको साँघुरो जित

विराटनगर, २२ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्वीट्जरल्याण्डमाथि क्रोएशियाले साँघुरो जित निकालेको छ । बुधबार राति भएको खेलमा क्रोएशियाले स्वीट्जरल्याण्डमाथि २–१ गोलको जित निकालेको हो ।

स्वीट्जरल्याण्डको मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । ३१औं मिनेटमा मारियो गाभ्रानोभिकले गोल गर्दै स्वीट्जरल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

cura insider

४२औं मिनेटमा क्रोएशियाका जोसिप ब्रेकालोले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।

६६औं मिनेटमा मारियो पासालिकले गोल गर्दै क्रोएशियालाई २–१ गोलको साँघुरो जित दिलाए ।

jackson ribon