birat ribon

युक्रेनको पोस्टमा फ्रान्सको सात गोल

Neuro
युक्रेनको पोस्टमा फ्रान्सको सात गोल

विराटनगर, २२ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले युक्रेनमाथि फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले युक्रेनमाथि ७–१ गोलको जित निकालेको हो ।

फ्रान्सस्थित स्टेड डी फ्रान्समा भएको खेलमा फ्रान्सलाई जिताउन ओलिभर जिराउडले २ गोल गरे भने इडुआर्डो कामाभिंगा, कोरेटिन टोलिसो, किलियन एम्बाप्पे र एन्टोइन ग्रिजम्यानले समान एक–एक गोल गरे । फ्रान्सले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

cura insider

युक्रेनका भिक्टर ट्याहांकोभले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा कामाभिंगाले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । २४औं मिनेटमा र ३४औं मिनेटमा जिराउडले गोल गर्दै फ्रान्सको अग्रता तेब्बर बनाए ।

३९औं मिनेटमा युक्रेनका भिटाली म्याकोलेन्कोले आत्मघाती गोल गरेपछि फ्रान्सले पहिलो हाफभरि ४–० गोलको अग्रता बनायो । ५३औं मिनेटमा युक्रेनका ट्याहांकोभले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, खेलकाे ६५औं मिनेटमा टोलिसोले, ८२औं मिनेटमा एम्बाप्पेले र ८९औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि फ्रान्सले ७–१ गोलको जित निकालेको हो ।

आफ्ना तीन गोलकिपर कोरोना भाइरसबाट संक्रमित भएपछि युक्रेनले ४५ वर्षीय गोलकिपर ओलेक्सान्द्र शोभकोस्कीलाई मैदान फर्काएको थियो । शोभकोस्की युक्रेनको राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षकसमेत हुन् ।

युक्रेन फुटबल महासंघका अनुसार फ्रान्ससँगको खेलका लागि टोलीमा रहेका दुईसहित तीन जना गोलरक्षकलाई कोरोना संक्रमण भएको थियो । पहिलो रोजाइका गाेलरक्षक एन्ड्री प्याटब, एन्ड्री लुनिन र युरी पान्किभलाई कोरोना पुष्टि भएको हो ।

जसका कारण चार वर्षअघि सन्यास लिइसकेका शोभकोस्कीलाई खेलाएकाे थियो । उनले सन् २०१६ मै राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए ।

jackson ribon