birat ribon

ब्राजिलमा संक्रमित संख्या ५० लाख नाघ्यो

Neuro
ब्राजिलमा संक्रमित संख्या ५० लाख नाघ्यो

विराटनगर, २२ असोज । कोरोना भाइरस संक्रमणबाट विश्वमा प्रभावित हुने मुलुकमध्ये तेस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५० लाख नाघेको छ ।

cura insider

पछिल्लो २४ घण्टामा २९ हजार सात सय ४१ नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ५० लाख छ सय ९४ पुगेको हो । ब्राजिलमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ४८ हजार तीन सय चार पुगेको छ । वाल्डो मिटरका अनुसार एकै दिन सात सय ३३ जना संक्रमितले ज्यान गुमाए ।

४३ लाख ९१ हजार चार सय २४ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ६० हजार नौ सय ६६ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

कोरोना प्रभावित मुलुकमध्ये पहिलो नम्बरमा रहेको अमेरिकामा संक्रमित संख्या ७७ लाख ७२ हजार छ सय ३८ पुगेको छ । एकै दिन ४५ हजार एक सय २९ नयाँ संक्रमित थपिए । दुई लाख १६ हजार छ सय ९५ जनाको मृत्यु भइसकेको छ । २४ घण्टामा आठ सय ४३ जना संक्रमितले ज्यान गुमाए ।

४९ लाख ७४ हजार सात सय ४३ जना उपचारपछि घर फर्किएका छन् । २५ लाख ८१ हजार दुई सय जना उपचाररत रहेकोमा १४ हजार पाँच सय ३१ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाबाट प्रभावित मुलुकमध्ये दोस्रो नम्बरमा रहेको भारतमा हालसम्म संक्रमित संख्या ६८ लाख ३२ हजार नौ सय ८८ पुगेको छ । ७८ लाख आठ सय नौ जना नयाँ संक्रमित थपिए । एक लाख पाँच हजार पाँच सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन नौ सय ६३ जनाको मृत्यु भयो ।

५८ लाख २४ हजार चार सय ६२ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । नौ लाख दुई हजार नौ सय ७२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

एकै दिन तीन लाख ३६ हजार छ सय ६९ जना नयाँ बिरामी थपिएपछि विश्वमा संक्रमित संख्या तीन करोड ६३ लाख ७४ हजार नौ सय ४३ पुगेको छ । संक्रमितमध्ये १० लाख ५९ हजार आठ सय ८१ जनाको मृत्यु भइसक्यो । २४ घण्टाभित्रमा पाँच हजार सात सय ८८ जनाको ज्यान गयो ।

दुई करोड ७३ लाख ९२ हजार पाँच सय २८ संक्रमित उपचारपछि घर फर्किएका छन् । ७९ लाख २२ हजार पाँच सय ३४ जना उपचाररत रहेकोमा ६७ हजार नौ सय २७ जनाको अवस्था चिन्ताजनक छ ।

jackson ribon