birat ribon

पोर्चुगल र स्पेनले बराबरी खेले

Neuro
पोर्चुगल र स्पेनले बराबरी खेले

विराटनगर, २२ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत पोर्चुगल र स्पेनले बराबरी खेलेका छन् । बुधबार राति भएको खेलमा पोर्चुगल र स्पेन गोलरहित बराबरीमा रोकिएका हुन् ।

पोर्चुगलस्थित स्टेडियो जोसे अल्भाडेमा भएको खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । खेलेको सुरुआतबाटै कप्तान क्रिस्टियानो रोनाल्डो मैदान उत्रिए पनि उनको जादू चल्न सकेन ।

cura insider

रोनाल्डोले खेलको ७३औं मिनेटसम्म खेलेका थिए । त्यसपछि उनलाई जाओ फेलिक्सले प्रतिस्थापन गरे ।

यता, स्पेनका कप्तान सर्जियो रामोस भने खेल सकिन ८ मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका थिए । इरिक गार्सियाको सट्टामा मैदान छिरेका उनले पनि गोल गर्न सकेनन् ।

यूईएफए नेशन्स लिगको तयारीका लागि स्पेन र पोर्चुगलले मैत्रीपूर्ण खेल खेलेका हुन् । नेशन्स लिगमा साविकको विजेता पोर्चुगल लिग ए ग्रुप ३ को शीर्ष स्थानमा छ भने स्पेन ग्रुप ४ को शीर्ष स्थानमा छ ।

jackson ribon