birat ribon

राहुलको अर्धशतकमा कोलकत्ताद्वारा चेन्नईलाई १६८ रनको लक्ष्य

Neuro
राहुलको अर्धशतकमा कोलकत्ताद्वारा चेन्नईलाई १६८ रनको लक्ष्य

विराटनगर, २१ असोज । यूएईमा जारी तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्सले साविकको उपविजेता चेन्नई सुपर किंग्सलाई १६८ रनको लक्ष्य दिएको छ ।

बुधबार शेख जायद रंगशालामा टस जितेर ब्याटिङ रोजेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६८ रन बनायो ।

cura insider

कोलकत्ताका लागि राहुल त्रिपाठीले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र ३ छक्काको मद्धतमा ८१ रन बनाए ।

यस्तै प्याट कुमिन्सले अजिवित १७ रन बनाउँदा सुनिल नारिने पनि १७ रनमै आउट भए । दिनेश कार्तिकले १२ रन बनाउँदा शुभ्नम गिलले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कोलकत्ताका लागि ड्वाने ब्राभोले तीन विकेट लिँदा साम कुरान, शार्दूल ठाकुर र कर्ण शर्माले समान २ विकेट लिए ।

यस खेलमा दुवै टोली तेस्रो जित निकाल्ने दाउमा छन् । चार खेल खेलेको कोलकत्ता ४ अंकका साथ चौथो स्थानमा रहँदा चेन्नई पाँच खेल खेलबाट चार अंकसहित पाँचौं स्थानमा छ

jackson ribon