birat ribon

पोर्चुगल भर्सेस स्पेन : दुई वर्षपछि रोनाल्डो र रामोसको भेट

Neuro
पोर्चुगल भर्सेस स्पेन : दुई वर्षपछि रोनाल्डो र रामोसको भेट

विराटनगर, २१ असोज । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र स्पेनिस कप्तान सर्जियो रामोसबीचको सहकर्मीको सम्बन्ध जुलाइ २०१८ मा समाप्त भएको थियो । रोनाल्डो रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टस गएसँगै यी दुईबीचको सम्बन्ध सकिएको थियो ।

तर, दुई वर्षपछि भने पुनः यी दुई सहकर्मीबीच भेट हुँदैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज राति १२ः३० बजेबाट सुरु हुने यो खेलमा रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले रामोसको कप्तानीमा रहेको स्पेनसँग खेल्दैछ ।

cura insider

यूईएफए नेशन्स लिगको तयारीका लागि स्पेन र पोर्चुगल आमने–सामने हुन लागेका हुन् । नेशन्स लिगमा साविकको विजेता पोर्चुगल लिग ए ग्रुप ३ को शीर्ष स्थानमा छ भने स्पेन ग्रुप ४ को शीर्ष स्थानमा छ ।

पोर्चुगलस्थित स्टेडियो जोसे अल्भाडेमा रोनाल्डो र रामोसको भेट हुँदैछ । सो भेटमा रोनाल्डो र रामोस सहकर्मी रहनेछैनन्, बरु उनीहरू एक–अर्काविरुद्ध खेल्नेछन् ।

रोनाल्डोले रियल छोडेर गएपछि यी दुईबीच कुरासमेत भएको छैन । युभेन्टसमा अनुबन्ध भएपछि पनि रोनाल्डो एल क्लासिको हेर्नका लागि सान्टियागो बर्नाबेउ पुगेका थिए । खेल सुरु भइसकेपछि पुगेका उनी खेल सकिन केही मिनेट बाँकी छँदै निस्किएका थिए ।

सो एल क्लासिकोमा रियलले २–० गोलको जित निकालेको थियो । भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरेपछि रियल विजयी भएको थियो ।

jackson ribon