birat ribon

वाग्मती प्रदेश सरकारले रंगशाला निर्माण गर्न तीन करोड दियो

Neuro
वाग्मती प्रदेश सरकारले रंगशाला निर्माण गर्न तीन करोड दियो

काठमाडाैं, २१ असाेज । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको लागि वाग्मती प्रदेश सरकारले रु तीन करोड रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई रु तीन करोड रकमको चेक हस्तान्तरण गरे ।

cura insider

कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकामा प्रशंसा गर्दै रङ्गशाला निर्माणको गति तीब्र भएकामा खुशी व्यक्त गरे ।

उनले रंगशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिए ।

मुख्यमन्त्री पौडेलले रंगशाला निर्माणमा धेरै चुनौतीहरु रहेकाले सबै क्षेत्र मिलेर यसलाई सफल बनाउनुपर्ने बताए ।

फाउन्डेसनका अध्यक्ष कट्टेलले रंगशाला निर्माणमा सरकारले सहयोग गरेकामा आभार व्यक्त गर्दै रंगशाला निर्माणमा हाल २३३ जनशक्तिले नियमित काम गरिरहेकाले छिटै सम्पन्न गरिने जानकारी दिए ।

jackson ribon