birat ribon

बालबालिका तथा युवालाई एन्जाइटी भएमा ध्यान दिनुपर्ने कुराहरू

Neuro
बालबालिका तथा युवालाई एन्जाइटी भएमा ध्यान दिनुपर्ने कुराहरू

विराटनगर, २१ असोज । गएको ६ महिनामा जीवनमा आएको परिवर्तनले मानिसहरूमा चिन्ता र एन्जाइटी बढाएको छ ।

एन्जाइटी धेरैलाई हुने गर्छ । अहिले धेरै मानिस आफ्नो जीवनबारे तनावमा परेका छन् ।

cura insider

किशोरकिशोरीहरू तथा युवाहरू धेरैजसो एन्जाइटी महशूस गरिरहेका छन् । खासगरी शिक्षा पाउन विशेष सहयोग आवश्यक पर्नेहरू र निम्न आय भएका परिवारका केटाकेटीहरू धेरैजसो जोखिममा रहेका हुन्छन् ।

अक्सफर्ड विश्वविद्यालयमा क्लिनिकल साइकोलोजीकी प्राध्यापक क्याथी क्रेसवेलले लकडाउनमा कसैलाई असाध्यै मुस्किल भएको तर केहीलाई भने विद्यालयको दबाब नहुँदा निकै राम्रो गरिरहेको बताएकी छन् ।

सर्वेक्षणले लकडाउनको पहिलो महिनामा सहभागी भएका प्राथमिक विद्यालयका विद्यार्थीहरूमा तनाव उत्पन्न भएको देखाएको थियो ।

तर, माध्यमिक उमेर समूहका बच्चामा थोरै मात्र त्यस्ता समस्या भएको र किशोरकिशोरीले उनीहरूका मनोभाव र बानी-व्यवहार परिवर्तन नभएको बताएका थिए ।

एनएचएसले बालबालिका र किशोरकिशोरीलाई एन्जाइटी भएमा आमाबुबाले ध्यान दिनुपर्ने कुराहरूको सुझाव दिएका छन् । बालबालिका तथा युवाहरूको कुरा सुन्नु एकदम आवश्यक हुन्छ ।

उनीहरूको जीवनमा भइरहेको कुरा तथा मनमा लागेको कुराहरू सोध्ने गर्दा उनीहरूलाई कुराकानी गर्न सहज महशूस हुन्छ ।

उनीहरूलाई महत्त्वपूर्ण लाग्ने विषयमा रुचि देखाउँदा, रुचिलाई प्रोत्साहन गर्दा, उनीहरूको जीवनमा सहभागी हुदाँ, सकारात्मक खालका नियमित कामको समर्थन गर्दा, नियमित समयमा सुत्न र खानपानमा ध्यान दिन सिकाउँदा, सक्रिय बन्न सहयोग तथा उनीहरूले भनेको कुरालाई गम्भीर रूपमा लिँदा उनीहरूको मानसिक स्वास्थ्यका लागि राम्रो हुने बताइएको छ ।

jackson ribon