birat ribon

आफ्ना तीन गोलकिपरलाई कोरोना लागेपछि युक्रेनले सन्यास लिएका ४५ वर्षीय खेलाडी मैदान फर्कायो

Neuro
आफ्ना तीन गोलकिपरलाई कोरोना लागेपछि युक्रेनले सन्यास लिएका ४५ वर्षीय खेलाडी मैदान फर्कायो

विराटनगर, २१ असोज । मैत्रीपूर्ण खेलका लागि युक्रेनले चार वर्षअघि सन्साय लिइसकेका गोलकिपरलाई मैदान फर्काएको छ ।

आफ्ना तीन गोलकिपर कोरोना भाइरसबाट संक्रमित भएपछि युक्रेनले ४५ वर्षीय गोलकिपर ओलेक्सान्द्र शोभकोस्कीलाई मैदान फर्काएको हो । शोभकोस्की युक्रेनको राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षकसमेत हुन् ।

cura insider

आज राति १२ः४५ बजे फ्रान्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ । यूईएफए नेशन्स लिगको तयारीका लागि युक्रेन र फ्रान्सले खेल्न लागेका हुन् ।

युक्रेन फुटबल महासंघका अनुसार फ्रान्ससँगको खेलका लागि टोलीमा रहेका दुईसहित तीन जना गोलरक्षकलाई कोरोना संक्रमण भएको थियो । पहिलो रोजाइका गाेलरक्षक एन्ड्री प्याटब, एन्ड्री लुनिन र युरी पान्किभलाई कोरोना पुष्टि भएको हो ।

जसका कारण चार वर्षअघि सन्यास लिइसकेका शोभकोस्कीलाई खेलाउने भएको हो । उनले सन् २०१६ मै राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए । उनले युक्रेनकै डाइनामाे किभबाट २३ वर्ष व्यवसायिक फुटबल खेलेका थिए ।

jackson ribon