birat ribon

आज रातिबाट डिभी खुल्दै, यसरी भर्न सकिन्छ

Neuro
आज रातिबाट डिभी खुल्दै, यसरी भर्न सकिन्छ

विराटनगर, २१ असोज । सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता बुधबारबाट खुला हुने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले डीभीको लागि आवेदन आज राति ९ः४५ बजेबाट खुला हुने जानकारी दिएको छ ।

cura insider

यसैगरी दूतावासले डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने पनि जनाएको छ ।

डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत दूतावासले बताएको छ । दूतावासले २५ कात्तिकसम्ममा डीभी आवेदन भरिसक्न भनेकाे छ ।

डिभी भर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

jackson ribon