birat ribon

जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ६ जनाको मृत्यु

Neuro
जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ६ जनाको मृत्यु

जाजरकोट, २१ असोज । जाजरकोटमा बुधबार जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भएको सो दुर्घटनामा एक जना बेपत्ता छन् भने एक जना घाइते भएका छन् ।

जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रतर्फ गइरहेको भे१ज ९३५ नम्बरको यात्रुवाहक जीप गाउँपालिका–१ को औल खोला भीरमा दुघर्टना भएको हो ।

cura insider

सो दुर्घटनामा गाँउपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही, लालबहादुर बुढा र त्यही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाहीको मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र गर्खाकोट मटेलाकी २५ वर्षीया मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा स्थानीय नरबहादुर बुढा गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका एक जना बेपत्ता रहेका छन् । बेपत्ताको सनाखत हुन सकेको छैन ।

जुनीचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीको टोली सवार उक्त जीप दुर्घटनामा परेको हो । जीप औलभीरस्थित सडकबाट ७ मिटर तल मजकोट खोलामा खसेको डिएसपी श्रेष्ठले बताए ।

घटनास्थलमा प्रहरी, स्थानीय लगायतले मृतक तथा घाइतेको उद्धार गरिरहेको र बेपत्ताको खोजी गरिरहेको उनले बताए ।

गाडी चालक गोरख बस्नेत भने फरार छन् । घटनास्थल सदरमुकाम खलङ्गादेखि झण्डै २० कोस पश्चिममा पर्छ ।

jackson ribon