birat ribon

दसैं यसपालिको सट्टा अर्को वर्ष मनाऔं : मन्त्री ज्ञवाली

Neuro
दसैं यसपालिको सट्टा अर्को वर्ष मनाऔं : मन्त्री ज्ञवाली

काठमाडाैं, २१ असाेज । सरकारले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै दसैं, तिहार जस्ता पर्व मनाउन पनि आग्रह गरेकाे छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भने, ‘आफू स्वस्थ रहे फेरिपनि चाडबाड मनाउन सकिन्छ । काठमाडौंबाट गाउँ जाँने र गाउँबाट काठमाडौं आउने गर्दा कोरोनको जोखिम पनि बढ्दै जान्छ । बरु दसैं यसपालिको सट्टा अर्को वर्ष मनाऔं ।’

cura insider

‘‘६० मुनिकाको संक्रमण दर र मृत्यु दरपनि तुलनात्मक रूपमा कम रहेको छ । ६० वर्षमाथिको बढी रहेको छ । ओहोरदोहोर गर्दा आउन जोखिमलाई कम गर्न ध्यानमा राखौँ । आर्शिवाद बचाउँ ।’’

यसैगरी उनले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरे ।

jackson ribon