birat ribon

‘यहीँ स्तरमा संक्रमण बढे अस्पतालले भार थाम्न सक्दैन’

Neuro
‘यहीँ स्तरमा संक्रमण बढे अस्पतालले भार थाम्न सक्दैन’

विराटनगर, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको जानकारी दिएको छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो समय काठमाडौं उपत्यकाका अस्पतालहरूमा शैय्याको अभाव हुँदै गएको जनाए । यहीँ स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरूले भार थाम्न नसक्ने उनले जनाए ।

cura insider

‘नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । यहीं स्तरमा संक्रमित बढेमा अस्पतालले यो भार थाम्न सक्दैन,’ उनले भने ।

नेपालमा कोरोना का सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । गौतमले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको जानकारी दिए ।

jackson ribon