birat ribon

नेहा कक्करको गायक रोहन प्रीतसँग विवाह हुने चर्चा

Neuro
नेहा कक्करको गायक रोहन प्रीतसँग विवाह हुने चर्चा

विराटनगर, २१ असोज । भारतको चर्चित गायिका नेहा कक्करको पन्जावी गायक रोहन प्रीत सिंहसँग विवाह हुने हल्ला चलिरहेको छ ।

भारतीय मिडियाहरूमा नेहाले रोहनसँग यही २४ अक्टोबरमा विवाह हुन लागेको चर्चा चलेको हो । थुप्रै पटक टेलिभिजन रियालिटी शोहरुमा सहभागी भएका रोहन सन् २०१८ मा आयोजित ‘राइजिङ स्टार–२’ का रनर अप विजेता हुन् ।

cura insider

रोहन ‘मुझसे शादी करोगे’ नामक शोका प्रतिस्पर्धीसमेत रहेका थिए ।

रोहन प्रीत केही समयअघि एक म्युजिक भिडियोमा नेहासँगै देखिएका थिए । विवाहबारे नेहाले कुनै प्रतिक्रिया दिएकी भने छैनन् । तर, नेहाको नजिकको साथीले भने यो अफवाह गलत रहेको बताएकी छिन् । रोहनसँग नाम जोडेर सुरु भएको चर्चा अघिल्लो पटक आदित्य नारायणसँगको बिहेको जत्तिकै हल्ला मात्र रहेको उनको भनाइ छ ।

साथै, रोहनका म्यानेजरले आफूले पनि त्यस्तै हल्का सुनेको स्वीकार गर्दै हाल रोहन प्रीतको विवाह गर्ने योजना नभएको बताएका छन् । दुवैले सँगै एक म्युजिक भिडियो गरेको कारण दुईको नाम जोडिएको हुन सक्ने बताइएको छ ।

यस्तैमा नेहाले वास्तवमै विवाह गर्दैछिन् भने उनको लागि खुसी रहेको नेहाका पूर्वप्रेमी हिमान्स कोहलीले प्रतिक्रिया दिएका छन् । इन्डियन आइडलकी जजसमेत रहेकी नेहाको विवाहको चर्चा यसअघि होस्ट आदित्यसँग विवाह हुन लागेको हल्ला फैलिएको थियो ।

jackson ribon