birat ribon

नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

Neuro
नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

विराटनगर, २१ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको जानकारी दिएको छ ।

cura insider

बुधबार एकै दिन ३४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ सय २६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आज थप १५ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ५७८ पुगेकाे छ ।

jackson ribon