birat ribon

दीर्घ कोभिडका कारण लामो समयसम्म पनि संक्रमणबाट निको हुन सकेका छैनन्

Neuro
दीर्घ कोभिडका कारण लामो समयसम्म पनि संक्रमणबाट निको हुन सकेका छैनन्

विराटनगर, २१ असोज । केही मानिसहरूका थकाइ, कडा दुखाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित कोभिड महिनौँ लम्बिने रोग बनेको देखिन्छ ।

कोभिडका कारण मानिसहरूले सघन उपचारमा रहेर निको हुन समय लगाइरहेका छन् । तर, सामान्य लक्षण देखिएका संक्रमितहरूले निको भए पनि स्वास्थ्य समस्याहरूको सामना गरिरहेका छन् । दीर्घ कोभिड भनेर चिनिने यस अवस्थाले मानिसको जीवनमा नाकारात्मक प्रभाव पारिरहेको छ । दीर्घ कोभिड भएका व्यक्तिमा देखिने आम लक्षण भनेको थकान हो ।

cura insider

त्यसपछि, सास फेर्न गाह्रो हुने, सुक्खा खोकी, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र देख्न समस्या हुने, टाउको दुख्ने, सुँघ्ने र स्वादको क्षमतामा कमी, मुटु, फोक्सो, मिर्गौला, पेटमा समस्या तथा डिप्रेसन, चिन्ता र स्पष्टरूपमा सोच्न नसक्नेलगायतका अन्य लक्षणहरू हुन् । जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित अनुसन्धानपत्रअनुसार रोमको सबैभन्दा ठूलो अस्पतालका १ सय ४३ जना कोभिडका बिरामीहरूमध्ये ८७ प्रतिशतमा दुई महिनासम्म लक्षण पाइएको र आधाभन्दा बढीमा थकानको महसुस भइरहेको थियो ।

युनिभर्सिटी अफ ल्यास्टरस्थित पीएओएसपी कोभिड कार्यक्रमका प्रमुख अनुसन्धानकर्ता क्रिस ब्राइट्लिङले निमोनिया विकास भएका मानिसहरूमा फोक्सोमा हुने क्षतिका कारण धेरै समस्या देखापर्न सक्ने विश्वास राख्छन् । किङ्स कलेज लन्डनका प्राध्यापक टिम स्पेक्टरका अनुसार कोरोना भाइरस शरीरका अधिकांश भागबाट निस्किए पनि केही साना निश्चित अंगहरूमा रहिरहन सक्छ ।

कोरोना भाइरसले शरीरका विभिन्न किसिमका कोषहरूलाई एकैसाथ संक्रमण गर्ने हुँदा त्यसको प्रतिरोध गर्नलाई प्रतिरक्षा प्रणाली एकैसाथ उच्च तवरले सक्रिय हुन्छ । जसले शरीरभरि असर पुर्‍याउन सक्छ । कोभिड भएपछि शरीरको प्रतिरक्षा प्रणाली पहिलेकै जस्तो अवस्थामा नरहने तथा मेटडाबोलिजमकाई पनि परिवर्तन गर्ने हुदा विभिन्न स्वास्थ्य समस्याहरू देखिन सक्छन् ।

कोभिड लागेपछि विकास भएको चिनी रोगका कारण बढेको चिनीको मात्रा नियन्त्रण गर्न मानिसहरूले संघर्ष गरेका घटनाहरू बाहिरिएका छन् । कोभिड १९ ले रगतका अस्वभाविक घेराहरू बनाउने र शरीरभरि रक्तसञ्चार गर्ने नलीहरूलाई क्षति पु¥याउने गर्छ । साथै, मस्तिष्कको संरचनामा परिवर्तन भएका प्रारम्भिक संकेतहरू देखिएको हुँदा यसबारे अझै अनुसन्धान जारी छ ।

भाइरसको संक्रमणपछि थकाइ वा खोकी लाग्ने कुरा अस्वभाविक होइन । तर, हाल संक्रमणमुक्त भएकाहरूले पनि जीवनभरि जोखिमको सामना गर्नुपर्ने हो कि भन्ने चिन्ताको विषय बनेको छ । अत्यधिक थकान महसुस हुनेहरूलाई भविष्यमा संक्रमण हुनसक्ने वा थप समस्याहरू पनि निम्तिन सक्ने सम्भावना हुन्छ ।

jackson ribon