birat ribon

थप १५ संक्रमितको मृत्यु

Neuro
थप १५ संक्रमितको मृत्यु

विराटनगर, २१ असोज । नेपालमा बुधबार थप १५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रमा थप १५ जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।

बुधबार एकै दिन ३४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ सय २६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

jackson ribon