birat ribon

राम्ररी धोए पनि मास्क शेयर गर्न नहुने

Neuro
राम्ररी धोए पनि मास्क शेयर गर्न नहुने

विराटनगर, २१ असोज । साथी तथा परिवारसँग बसिरहेका मानिसहरूमा एकअर्काको सामान साझा गर्नु सामान्य कुरा हो ।

आवश्यक परेको बेला सबैजसोले खाना, लुगा, कस्मेटिकलगायतका अन्य सामानहरू शेयर गरेर प्रयोग गरिरहेका हुन्छौँ । यस्तैमा एकै परिवारमा बस्ने मानिसहरूले एक अर्कोको मास्क शेयर गर्ने वा थाहा नपाई नै प्रयोग गरिरहेका हुन्छन् । तर, विज्ञहरू आफ्नो मास्क अरूलाई दिने तथा अरूको मास्क आफूले लगाउनु राम्रो अभ्यास नहुने बताउँछन् ।

cura insider

विज्ञहरूका अनुसार भित्री लुगा वा टुथब्रस जस्तै मास्क पनि एक व्यक्तिगत कुरा हो र मास्कलाई धोएर पनि अरू कुनै पनि व्यक्तिसँग बाँड्नु राम्रो हुँदैन । मास्क राम्रोसँग धोए पनि, यसलाई अन्य व्यक्तिहरूसँग बाँड्नु हानिकारक हुन सक्छ । मास्कलाई मुख र नाक ढाक्नका लागि प्रयोग गरिन्छ । मास्कलाई राम्ररी धोए पनि अझै ब्याक्टेरिया र किटाणुहरू टाँसिएको हुनसक्ने धेरै सम्भावना हुन्छ ।

यसले विभिन्न प्रकारको रोग सार्न सक्छ । यसबाहेक, संक्रमणको जोखिमबाट बचाउनका लागि मास्क नाक र मुखमा मज्जाले फिट हुनु पर्छ । मास्क अरुसँग शेयर गर्दा मास्कको आकारमा परिवर्तन हुन सक्छ र अर्को पटक प्रयोग गर्दा फिट हुँदैन । फिट नभएको मास्कले संक्रमणको अधिक जोखिम बढाउँछ । अन्य व्यक्तिको मास्कको प्रयोगबाट बच्न र धोएपछि नसुकेको खण्डमा एक व्यक्तिले हालको समयमा २ देखि ३ ओटा मास्क स्टकका राख्नु उत्तम हुन्छ ।

एक पटक प्रयोग गरिसकेको मास्कलाई नधोई कहिल्यै पनि प्रयोग गर्नु हुँदैन । मास्कलाई तातो पानीमा धुने र प्रयोग गर्नुअघि घाममा राम्ररी सुकाउनु पर्ने हुन्छ । मास्कलाई लगाउनुअघि, लगाएपछि र खोलेपछि साबुन र पानीले हात धुनु पर्छ । एक पटक मास्क लगाएपछि मास्कलाई छुने गर्नु हुँदैन । साथै, अनुहारमा फिट नहुने मास्कले संक्रमणबाट नजोगाउने हुँदा राम्रो फिट हुने मास्कको मात्र प्रयोग गर्नु पर्छ ।

jackson ribon