birat ribon

राजस्थानका कप्तान स्मिथलाई १२ लाख जरिवाना

Neuro
राजस्थानका कप्तान स्मिथलाई १२ लाख जरिवाना

विराटनगर, २१ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)ले राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथलाई जरिवाना गरेको छ । गए राति भएकाे मुम्बई इन्डियसविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान स्मिथलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरेको हो ।

मुम्बईसँगको खेलमा स्लो ओभर रेटका कारण उनलाई आर्थिक जरिवाना गरिएको हो । स्मिथले मुम्बइविरुद्धको खेलमा सामामन्यतथा ९० मिनेटमा सक्नुगर्ने इनिङ्सका लागि लामो समय लगाएका थिए ।

cura insider

मंगलबार राति सम्पन्न खेलमा राजस्थान साविक विजेता मुम्बईसँग ५७ रनले पराजित भएको थियो ।

यसअघि जारी आईपीएलमा स्लो ओभर रेटमा बलिङ गराएको भन्दै रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली र दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यरलाई पनि स्लो ओर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो ।

jackson ribon