birat ribon

प्रधानमन्त्री ओलीलाई कांग्रेसको प्रश्न – डा. केसीलाई कात्रो पठाउने तयारी हो ?

Neuro
प्रधानमन्त्री ओलीलाई कांग्रेसको प्रश्न – डा. केसीलाई कात्रो पठाउने तयारी हो ?

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीका मागको सम्बोधन नगरेको भन्दै आपत्ति जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २४ दिनदेखि अनशनमा रहेका डा. केसीसँग सरकारले वार्ता नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?,’ विज्ञप्तिमा प्रवक्ता शर्माले प्रश्न गर्दै भनेका छन् । विज्ञप्तिमा डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको तर बालुवाटारले बालहठ गरेको भन्दै आपत्ति जनाइएको छ ।

cura insider

‘डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिस्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाई गर्ने गम्भीर भूल किमार्थ नगरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

jackson ribon